नेपाल शिक्षक संघ नुवाकोटले गर्यो शिक्षकहरुलाई सम्मान

नुवाकोट २५, फागुन । नेपाल शिक्षक संघ नुवाकोटले शिक्षकहरुलाई सम्मान गरेको छ ।
फागुन २४ गते सोमबार नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति नुवाकोटले १८ औं जिल्ला प्रतिनिधि सभा तथा सम्मान कार्यक्रमको समापन गरेको थियो ।
पूर्व सहरी विकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथि नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, नेपाल शिक्षक संघ केन्द्रीय सदस्य राजेन्द्र राज पौडेल तथा जिल्लाका शिक्षक पेसामा आबद्ध कर्मचारी, पुर्व शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०४६ साल देखि २०६९ सालसम्म शिक्षक संघ नुवाकोट जिल्ला कमिटीमा रहेका ९६ जना पुर्व पदाधिकारीहरुलाई नेपाल शिक्षक संघको लकेट तथा सम्मान पत्रले सम्मान गरिएको नेपाल शिक्षक संघ नुवाकोट जिल्ला अध्यक्ष रामबहादुर थापाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ नुवाकोटको भवनको दोस्रो तल्ला निर्माण गर्ने सहयोग गर्ने शिक्षक तथा अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सोमबार सम्पन्न कार्यक्रमले नुवाकोटका १२ वटा स्थानीय तहका १२ जना जेष्ठ शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।