न्यायका लागि मानव अधिकारले गर्यो गंगामायाको जीवनरक्षाको माग

तारकेश्वर,२६ फागुन । मानवअधिकारवादी संस्था न्यायका लागि मानव अधिकारले विज्ञप्ती निकालेर गंगामाया अधिकारीको जिवन रक्षाको माग गरेको छ ।
न्यायको लागि मानवअधिकार संजालका राष्ट्रिय अध्यक्ष इन्द्रप्रसाद अर्याल तथा मानव अधिकारकर्मीहरुले बुधबार विज्ञप्ति निकाल्दै रपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर गंगामायाको जीवन रक्षाका लागि माग गरेका हुन ।
गंगामाया अधिकारी २०६१ साल जेठ २४ गते चितवनमा हत्या भएको आफ्नो १६ वर्षिय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै पटकपटक अनसन बस्दै आइरहेकी छिन् ।
पछिल्लो समय पुस ६ गते देखि त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत गंगामायाको अनसन आज ८० औँ दिनमा आइपुगेको छ । आज सम्म आउँदा गंगामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको देखिन्छ ।
गंगामायाको विषयमा न्ययका लागि मानव अधिकारको भनाई
लोकतान्त्रिक संविधान विधिको शासन र मानवअधिकारको प्रत्याभूत गर्न कटिबद्ध राज्यमा दोषि उपर प्रचलित कानून बमोजिम कारवाहीको माग गर्दै जिवन नै समर्पण गर्दा समेत न्याय प्राप्त नहुनु सत्याग्रही र अनसनकारीको भद्र आन्दोलनलाई उपेक्षा गरिनु मानव अधिकार र मानवियताको खिल्ली उडाउनु हो । न्यायको लडाइँमा जिवन परिवार समर्पण गर्नुभएकी गंगामाया अधिकारीको जिवन रक्षा हुनुपर्ने पहिलो सर्त हो ।