आज मिति २०७७ साल फागुन २७ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन २७ गते बिहिवार(महाशिवरात्री)
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष त्रयोदशी दिउसो २:५२ बजेसम्म
नक्षत्र- धनिष्ठा राति १०:०१ बजे सम्म त्यसपछि शतभिषा
योग-शिव बिहान ९:३८ बजेसम्म
करण-बणिज दिउसो ३:०० बजेसम्म
चन्द्रमा- मकर राशि बिहान ९:४९ बजेसम्म त्यसपछि कुम्भ
तदनुसार मार्च ११ २०२१
आजको राशिफल
मेष =आकर्षण शक्तिको वृद्धि हुनेछ। साथिभाइ संगको सहयोग र सहकार्यको आदानप्रदान हुनेछ। लामो यात्रा रमाइलोको साथमा हुने योग रहने देखिन्छ।
बृष =सकारात्मक सोचाइ रहनेछ।काम कारोबारमा राम्रै लगनशीलता रहनेछ।उपलब्धि मुलक काममा सफलता मिल्नेछ। बुद्धिमानी भइनेछ।
मिथुन =समय मद्यम रहन सक्नेछ कुनै काम कारोबार गर्दा ध्यान दिएर लगनशिल स्वभाबमा गर्नुहोला। साथिभाइ तथा आफन्त बाट जस अपजस पाइनेछ।
कर्कट =रमाइलो यात्राको योग रहनेछ ।काम प्रती लगनशिलता रहनेछ। रोकिएका काम व्यबहार बिस्तारै बिस्तारै सफल हुँदै जानेछन् ।
सिंह =यात्रा गर्ने योग रहेको । ईष्टमित्र तथा साथिभाई संगको भेटघाटमा समय बित्नेछ।पढाई लेखाइको क्षेत्रमा तेति ध्यान नजान सक्नेछ ।
कन्या =आर्थिक उन्नती हुने देखिन्छ ।धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनाले मनमा हर्ष र उमंग रहनेछ। व्यापार ब्यबसायमा अत्यन्त सफलता मिल्नेछ ।मन सन्तोष रहनेछ।
तुला =आर्थिक हिसाब किताबमा पारदर्शिता रहनेछ। सबै जनाले आफ्नो गुणगान गाउनेछन सम्मानित हुने योग रहनेछ ।काम प्रती लगनशिलता रहनेछ।
बृश्चिक =आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। सहकार्यमा गरेको काममा सफलता मिल्नेछ। ब्यय बढ्ने योग रहेको छ।
धनु =प्राप्त अवसरको महत्त्व नबुझ्नाले महत्त्वपूर्ण काममा ह्रास आउनेछ । बिश्वास गरेको ब्यक्तिबाटनै धोका मिल्नाले मन खिन्न हुनेछ ।प्रतिस्पर्धामा काम गर्नुपर्नेछ। बिवाद उत्पदन हुँदा मनमा तनाब बढ्नेछ
मकर =परिस्थिति अनुसारको काम कारोबार हुनेछ।घरपरिवारले सहयोग गर्नाले मन हर्षित हुनेछ। मांगलिक कार्यमा सहभागी हुन सक्ने योग रहेकोछ।
कुम्भ =मनमा आनन्द प्राप्ती हुनेछ ।अरुको भर र भरोसामा पर्दा महत्त्वपूर्ण कामको अवसर बाट बन्चित हुनु पर्नेछ। घर परिवारमा मनमुटाबको बाताबरण सृजना हुन सक्नेछ।
मीन =आत्मबल तथा आत्मबिश्वास बढ्नेछ।आशा र भरोसा को कुरा गरेर महत्त्वपूर्ण कारोबारमा धोका दिनेहरु सकृय रहनेछन् समयमै तेस्ता ब्यक्तिहरुलाई चिन्नुपर्ने देखिन्छ।स्वास्थ्यमा सुधार हुनेछ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९