मिति २०७७ साल फागुन २८ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन २८ गते शुक्रबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष चतुर्दशी दिउसो २:५१ बजेसम्म
नक्षत्र- शतभिषा राति १०:४६ बजे सम्म त्यसपछि पू.भा.
योग-सिद्ध बिहान ८:४२ बजेसम्म
करण-शकुनि दिउसो ३:२० बजेसम्म
चन्द्रमा- कुम्भ राशि
तदनुसार मार्च १२ २०२१

आजको राशिफल

मेष =अधुरा रहेका काम कारोबारमा सफलता मिल्नेछ । नयाँ नयाँ काम कार्यको अवसर आउनेछ । मनमा भय रहने छ।

बृष =मनमा आँट र साहस को वृद्धि हुनेछ ।जोखिम पुर्ण काम कारोबारमा पनि सफलता हात लाग्नेछ।परिवारमा खुशीयाली तथा रमाइलो हुनेछ ।

मिथुन =जस्तोसुकै जोखिममा परेर पनि आफ्नो महत्वपूर्ण काम कार्यलाई सफल बनाउन सक्नुहुनेछ ।आर्थिक तथा सामाजिक रुपमा सफलता मिल्नेछ ।

कर्कट =लामो यात्रा गर्नुपर्ने योग रहेकोछ। नयाँ नयाँ मित्रहरु बन्नेछन् ।सहयोग र सहकार्यको बिकास हुनेछ।

सिंह =भौतिक सुख सुबिधाको उपयुुक्त बातावरण बन्नेछ। साथिभाइको सहकार्यले उचित काम बन्नेछ ।घर परिवार तथा समाजमा मेलमिलाप हुने देखिन्छ।

कन्या =तपाइलाइ राजयोगको प्रभाव रहने देखिन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। देश काल बुझेर काम गर्नुहोला राम्रो हुनेछ।

तुला =कुनै पनि काम कार्य गर्दा जोखिम नमोल्नुनै बुद्धि मानी हुनेछ। मनमा शंका उपशंका उब्जनेछन। बिवाद बढ्न सक्नेछ ।खर्चको योग रहेकोछ।

बृश्चिक =ईष्टमित्र तथा आफन्तसंग बिवाद बढ्न सक्ने देखिन्छ।कसैको बोलिको प्रभाबमा नपर्नुहोला अन्यथा मिठो बोली बोलेर तपाईंको ब्यबाहारमा आँच पुरयाउन सकृय रहनेछन् ।बिवाद बढ्न सक्नेछ ।

धनु =मनमा सद्विचाए आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ। मनमा सन्तोष मिल्नेछ ।

मकर =काम व्यबहारमा ढिला सुस्ती हुन सक्नेछ। आफुले बिश्वास गरेकै ब्यक्तिबाट धोका पाइन सक्नेछ। खर्च बढ्ने योग देखिन्छ ।

कुम्भ =उपयुक्त काम गर्नको लागि बातावरण सृजना हुनेछ।शारीरिक तथा मानसिक रुपमा फुर्ति बढ्नेछ।आर्थिक उन्नति हुँदै जाने देखिन्छ ।मन सन्तोष रहनेछ।

मीन =ग्रह उल्टो तरिकाले चल्न सक्नेछ सम्यमित हुनुहोला।आफुले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरुले तेसको फाइदा लिन सक्नेछन् चनाखो रहनुहोला।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९