नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नुवाकोट २८, फागुन । नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७ को गैरीगाउँमा विहिबार राति प्र ०२ – ०१९ प ६०७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका ४५ बर्षीय विरमान श्रेष्ठको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक विदुर नगरपालिका वडा नं ३ का ३१ बर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।