काठमाडौँको यि क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने

तारकेश्वर २९, फागुन । काठमाडौँको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने बताइएको छ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने नेपाल विद्युत प्राधिकरणले बताएको हो ।
बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काटिने छ । दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको हो ।