आज मिति २०७७ साल चैत १ गतको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल चैत्र १ गते आइतबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
फाल्गुन शुक्लपक्ष प्रतिपदा दिउसो ४:२२ बजेसम्म
नक्षत्र- उत्तर भाद्रपदा रात्रि १:४५ बजे सम्म त्यसपछि रेवति
योग-शुभ बिहान ७:४८बजेसम्म
करण-वब दिउसो ५:२० बजेसम्म
चन्द्रमा- मीन राशि
तदनुसार मार्च १४ २०२१

आजको राशिफल

मेष =स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय छ । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ।

बृष =समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला।

मिथुन =आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ । अरुको विस्वास जित्न सजिलै सकिनेछ।

कर्कट =समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला।

सिंह =परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

कन्या =आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु होला।

तुला =हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।

बृश्चिक =भाग्य बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।

धनु =अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ ।

मकर =मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसंसक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।

कुम्भ =आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, । लेनदेनको समस्याले सताउनेछ।

मीन = धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९