काठमाडौंको फोहोर नुवाकोट लैजान रोक, तिनपिप्लेमा विरोध प्रदर्शन

नुवाकोट १, चैत । पासाङ ल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानिय तथा उपभोक्ताले काठमाडौँको तिनपिप्लेमा काठमाडौंबाट जाने फोहोरका गाडी रोकेर बिरोध गरेका छन ।

आइतबार बिहान ८ बजे तिनपिप्लेबाट फोहोराका सवारी नुवाकोट प्रवेश गर्न दिएका छैनन ।

ठेकेदार शारदाप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेको र प्रचण्डको संरक्षणमा ठेकेदारले बाटो भत्काएर नबनाइ बसेको स्थानीयको आरोप छ ।

काठमाडौँ–नुवाकोट– रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु–रानीपौवा सडक खण्डमा सम्बन्धित निकायले पनि ध्यान दिएको देखिँदैन ।

 

१ चैत्र २०७७, आईतवार