नदीमा डुबेर एक युवकको मृत्यु

तारकेश्वर १, चैत । दैलेखको चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नं १ सेजाली घर भएका ३५ वर्षीय रमेश कार्की रहेको प्रहरीले बताएको छ ।
कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीमा मृत फेला परेको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले बताए ।
गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।