पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जनाको मृत्यु

पोखरा ३, चैत्र । पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउसो करिब २:१५ बजे भएको दुर्घटनामा धादिङ घर भएका पोखरा कालिजङ्ग गणमा कार्यरत सैनिक २३ वर्षीय राजाराम मगरको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले बताए ।

नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेलामा प्याराग्लाइडिङ दुर्घटना हुुन पुगेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई पोखरा ११ को रानीपौवा स्थित सैनिक अस्पतालमा उपचारको क्रममा सोमबार साँझ करिब ४:४५ बजे निधन भएको प्रहरीले बताएको छ ।