तारकेश्वरमा ५ हजारले लगाए कोभिड विरुद्धको खोप,बुधबारबाट खोप सेवा बन्द

तारकेश्वर ४, चैत्र । तारकेश्वर नगरपालिकामा दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप कार्यक्रम बुधबारबाट बन्द गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

गत फागुन २३ गतेबाट सञ्चालन भएको दोस्रो चरणको कोभिड विरुद्धको खोप कार्यक्रममा ५ हजारको संख्यामा मानिसहरू खोप लगाएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले तारकेश्वर अनलाइनलाई बताए ।

तारकेश्वर नगरपालिकामा दुई ठाउँबाट खोप सेवा सन्चालन गरिएको थियो। दोस्रो चरणमा नगरपालिकाका जेष्ठ नागरिकहरु र पहिलो चरणमा छुटेकाहरुलाई कोभिड विरुद्धको खोप लगाइएको हो ।

खोप अभावका कारण खोप कार्यक्रम रोक्नु परेको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शाहले बताए।