देशभर हावाहुरी सहित वर्षातको सम्भावना, आईतबारसम्म पानी पर्ने
तारकेश्वर ६ , चैत्र । शुक्रबार देशभरआंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय रहने र पहाडी भूभागमा पानी पर्ने बताईएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार आजदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको छ।