आज मिति २०७७ साल चैत ८ गते राशिफल
आजको पञ्चाङ्ग
२०७७ साल चैत्र ८ गते आइतबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
फाल्गुन शुक्लपक्ष अष्टमी भोलि बिहान ४:५६ बजेसम्म
नक्षत्र- मृगशिरा दिउसो ४:०४ बजे सम्म त्यसपछि आर्द्रा
योग-आयुष्मान दिउसो १२:५१ बजेसम्म
करण-बणिज बिहान ७:२७ बजेसम्म
चन्द्रमा- मिथुन राशि
तदनुसार मार्च २१ २०२१
आजको राशिफल
मेष =समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ ।
बृष =शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु होला । धेरै मिहिनेत गर्दा मात्र चिताएको काम बन्ने छ । बोलीको प्रभाव कमजोर रहने छ ।
मिथुन =रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
कर्कट =गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप बढ्ने छ । व्यापारमा समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ ।
सिंह =छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नियमित काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
कन्या =अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्।
तुला =सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
बृश्चिक =बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् ।
धनु =दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
मकर =काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।
कुम्भ =बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ।
मीन =प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९