साहित्य संगम मकवानपुरले प्रदान गर्ने सम्मान तथा पुरस्कार सार्वजनिक

तारकेश्वर ८, चैत । साहित्य संगम मकवानपुरले यसवर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार साहित्य क्षेत्रमा क्रियाशिल स्रष्टालाई दिने निर्णय गरेको छ । संगमको शनिबार बसेको बैठकले १० वटा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 

मकवानपुरको अग्रणी साहित्य संस्था संगमले गोपालप्रसाद रिमाल स्मृति सम्मान कव्निाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेको छ ।

काठमाडौं निवासी पराजुलीलाई संगमले २० हजार नगदसहित सम्मानपत्रले सम्मान गर्ने संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए । उनको ‘नयाँ इश्वरको घोषणा’ पुस्तकले मदन पुरस्कार प्राप्त गरिसकेको छ ।

 

यो सम्मान नाटककार्साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको हो । यो सम्मानबाट साहित्यकार् नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।

 

यस्तै पारिजात स्मृति सम्मानबाट डा। अरुण उप्रेतीलाई सम्मान गर्ने निर्णय गरेको छ । आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । साहित्यकार पारिजात निकट रहि साहित्यमा सेवा पु¥र्या वापत उनलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

 

यसैगरी, मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो ।

सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न लागिएको हो । उनी साहित्य संगमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर नेतृत्व गरेकी थिइन् । यो सम्मान साहित्य संगम मकवानपुरले स्थापना गरेको हो ।

 

भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ राशीले सम्मान गर्ने अध्यक्ष निखिलले जानकारी दिए । व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा उनको परिवारले यो सम्मान स्थापना गरेका हुन् । यो सम्मानबाट धुर्मस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।

 

यस्तै सुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला ९आँशु० लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई नगद १० हजार राशीसहित सम्मान पत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेकी हुन् ।

 

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्याउँदै आएका रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।

 

त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यो यसवर्षबाट प्रदान गर्न लागिएको संगमले जनाएको छ ।

 

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशल अधिकारी (आशुतोष) ले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेको थियो यस वर्षबाट यसको राशी १५ हजार  पुर्याइएको हो ।

 

यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमित तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

 

णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विद्यामा प्रतिस्प्रर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ ।

 

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । सम्मान तथा पुरस्कारहरु सम्वन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष एकपटक प्रदान गर्न लागिएको न्यौपानेले बताइन् ।