मनमैजु सांस्कृतिक समाजले गर्यो जनप्रतिनिधिहरुलाई सम्मान

काठमाडौ, ३० असार । तारकेश्वर नगरपालिका वडा न १० मा रहेको मनमैजु सास्कृतिक समाजले स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ।

समाजको कार्यालयमा बुधवार भएको कार्यक्रममा नगरप्रमुख कृष्णहरी महर्जन उपमेयर सिर्जना बुर्लाकोटि र वडाध्यक्ष हरुलाई खादा टीका लगाई समाजका अध्यक्ष ध्रुवराज खड्काले सम्मान तथा शुभकामना व्यक्त गरे ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले नगरपालिकामा कला संस्कृति संरक्षण गर्ने नगरको नीति तथा कार्यक्रम रहेको र आफु त्यसका लागि प्रतिवद्ध रहेको बताए । उपमेयर सिर्जना बुर्लाकोटीले नगरपालिकाले कला संस्कृतिको सरक्षण गर्न कुनै कसर बाँकी नराख्ने प्रतविद्धता जनाइन् । कार्यक्रममा समाजका अध्यक्ष ध्रुवराज खड्काले समाजले स्थानीय कला संस्कृतिको संरक्षण गर्दै आइरहेको बताए ।