नुवाकोटको लिखु वडा नं २ को वडा कार्यालय भवन शिलान्यास

नुवाकोट ८, चैत । नुवाकोटको लिखु गाउँपालिकाको वडा नं २ मा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष भिम बहादुर घले , गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

अहिले लिखु वडा नं २ को कार्यालय भाडाको घरमा बसेर सन्चालन भइरहेको छ ।

लिखु गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट र जिल्ला समन्वय समिति नुवाकोटको साझेदारीमा वडा कार्यालय भवन निर्माण हुन लागेको लिखु गाउँपालिका उपाध्यक्ष रोजिना राईले तारकेश्वर अनलाईन सँगको कुराकानीमा बताइन ।

कुल ६५ लाखमा निर्माण हुन लागेको भवनमा ७० प्रतिशत खर्च लिखु गाउँपालिका र ३० प्रतिशत खर्च जिल्ला समन्वय समिति नुवाकोटले सहयोग गर्ने छ ।