पासाङ ल्हामु राजमार्गको रानिपौवा-पिपलटार खण्डको सडक संघर्ष समितिद्वारा सिडिओलाई ध्यानाकर्षण

नुवाकोट ८, चैत । पासाङ ल्हामु राजमार्गको रानिपौवा-पिपलटार खण्डको बाटो निर्माण तथा कालोपत्रेको लागि नुवाकोटका प्रभावित युवाहरुको संघर्ष समितिको पहिलो चरणको कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

आजको बैठक सँगै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाललाई प्रत्यक्ष ध्यानकर्षण पत्र बुझाएको पासाङ ल्हामु राजमार्ग , रानीपौवा पिपलटार सडक बाटो संघर्ष समितिका सदस्य प्रसान्त जंग पाण्डेले तारकेश्वर अनलाईन सँगको कुराकानीमा बताए ।

पासाङ ल्हामु राजमार्गको रानिपौवा-पिपलटार खण्डको बाटो व्यवस्थित तथा कालोपत्रेको माग राख्दै शनिबार संघर्ष समिति निर्माण भएपछि आइतबार लगतै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो ।

संघर्ष समितिको संयोजकमा राजु तिवारी, सह-संयोजकयोगेन्द्र तामाङ ,सचीवमा सुजन रेग्मी र सदस्यहरुमा दिपेश लामा,शक्तिमान लामा,सन्त बहादुर तामाङ,भेष बा. तामाङ,बिनोद लामा र प्रशान्त जंग पाण्डे रहेका छन् ।

यस समितिले सडक निर्माण कार्य तत्काल सन्चालन गरि कालोपत्रे गर्न दबाव मुलक आन्दोलन गर्ने समेत बताएको छ ।