स्कुलबस दुर्घटना हुँदा एक जनाको मृत्यु,२२ जना घाइते

चैत १०, तारकेश्वर । दाङमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं १५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ का १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान साढे ५ बजेतिर बसको ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो । घट्नाबारे थप विबरण आउन  बाँकी रहेको प्रहरीले जनाएको छ ।

१० चैत्र २०७७, मंगलवार