युवा संघको केन्द्रीय कमिटीमा नुवाकोटबाट मात्रै १७ जना मनोनित , नेताका आसेपासे मात्रै संगठनको जिम्मेवारीमा

नुवाकोट १२, चैत । नेकपा एमालेको भातृसंगठन युवा संघको केन्द्रीय कमिटीमा नुवाकोटबाट मात्रै १७ जना युवा मनोनित भएका छन ।

निर्वाचन आयोगले पछिल्लो समय गरेको निर्णयले आ-आफ्नो पुर्व पार्टीमा फर्किएका नेकपाका नेता कार्यकर्ताहरु आफ्नो पार्टी भित्र पनि गुटगत भेला र धमाधम नियुक्ति गरिरहेका देखिन्छन् ।

नेकपा एमालेमा रहेको ओली समुह र माधव-खनाल समुहको गुटले पछील्लो समयमा पार्टीको सिद्धान्त र संयुक्त निर्णय बिना नै आफुखुसी संगठन विस्तारको अस्वस्थ र अराजनैतिक प्रतिस्पर्धा गरिरहेका छन् ।

नुवाकोटबाट एमालेको भातृसंगठनमा मनोनित भएका युवामध्ये माधव-खनाल समुहको युवासंघमा केन्द्रिय उपमहासचिव रोशन थापा,सचिव दिनेश आचार्य,सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज उद्धव पनेरु, केन्द्रीय सदस्य तथा तथा जिल्ला संयोजक पशुपति थापा, शुरेस अधिकारी,विकल के सि,नरेश डंगोल,रामशरण थापा गरि ९ जना रहेका छन् भने ओली समुहको राष्ट्रिय युवा संघमा नुवाकोटबाट केन्द्रीय सदस्य कमल श्रेष्ठ, राजु तिवारी आर्यन श्रेष्ठलाई केन्द्रीय सचिवालयको जिम्मेवारी दिइएको छ भने प्रज्वल सापकोटालाई जिल्ला संयोजक सहित प्रह्लाद प्याकुरेल, सुमन अधिकारी, सुरेश भण्डारी, केदार थपलिया, लक्ष्मी मुडवरी, दिपेश खड्कालाई केन्द्रीय कमिटीमा चयन गरिएको छ ।

फागुन २० गते सम्पन्न राष्ट्रिय युवा संघको दोस्रो पुर्ण बैठकले नुवाकोटबाट १० जनालाई केन्द्रीय कमिटीमा मनोनित भएका छन ।

यो विवरणको अध्ययन गर्दा दुबै समुहमा ठूला नेताको आसेपासेको मात्रै नाम देखिन्छ ।

सत्तारूढ दल नेकपा एमाले उसका नेता, कार्यकर्ता देश विकासमा भन्दा आन्तरिक विवादमा अल्झिएपछि एकअर्को गुटमा मान्छे देखाउने अस्वस्थ प्रतिस्पर्धा चलेको हो ।