धनुषामा ट्रकको ठक्करबाट प्रहरीको मृत्यु
तारकेश्वर १३, चैत । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
शुक्रबार बिहानै लु ५३प ८५७५ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ आउँदै गर्दा मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएपछि असइ मदनजङ्ग कापरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
कापर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।