आज मिति २०७७ साल चैत १४ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल चैत्र १४ गते शनिबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
फाल्गुन शुक्लपक्ष चतुर्दशी राति २:५७ बजेसम्म
नक्षत्र- पूर्व फाल्गुनी बेलुका ७:०७ बजे सम्म त्यसपछि उ. फा.
योग-गंड राति १:४५ बजेसम्म
करण-तैतिल बिहान ६:३० बजेसम्म
चन्द्रमा- सिंह राशि राति १२:५४ बजेसम्म त्यसपछि कन्या
तदनुसार मार्च २७ २०२१

आजको राशिफल

मेष =कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

बृष =बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ।

मिथुन =कामममा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ।

कर्कट =कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ।

सिंह =दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ ।

कन्या =सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ ।

तुला =कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला।

बृश्चिक =परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।
आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ ।

धनु =सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ला।

मकर =पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ।

कुम्भ =शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ । अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ।

मीन =आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९