पर्यटन मन्त्री भानुभक्त ढकाल दुप्चेश्वरमा चैत २१ गते आउने

नुवाकोट १६, चैत । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न भएका संरचनाको उद्घाटन तथा आगामी दिनमा हुने थप नयाँ कार्यको शिलान्यास कार्यक्रम हुने भएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहने भएको छ। कार्यक्रममा हाल सम्म दुप्चेश्वर गाउँपालिकामा हालसम्म निर्माण सम्पन्न भइसकेका धार्मिक सम्पदा तथा पर्यटकीय स्थलहरूको उदघाटन र थप नयाँ कार्यको शिलान्यास हुने कार्यक्रम रहेको गाउँपालिकाले बताएको छ । कार्यक्रम चैत २१ गते शनिबार दुप्चेश्वर महादेवको मन्दिर परिसरमा आयोजना हुने दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले बताए । दुप्चेश्वर गाउँपालिकाले पछिल्लो समय भौतिक पूर्वाधार विकास निर्माणमा तिव्रता दिएको छ।
१६ चैत्र २०७७, सोमबार