माओवादी केन्द्र शिवपुरीले आगलागी घर धुरीलाई दियो राहत सामाग्री सहित नगद
नुवाकोट १६, चैत । नेकपा माओवादी केन्द्र शिवपुरीले शिवपुरी गाउँपालिकाको वडा नं ३ स्थित आगलागी पीडित घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।
शिवपुरीको आगलागीबाट विस्थापित हुन पुगेका नातुरमान तामाङ र शेरबहादुर तामाङलाई राहत वितरण गरिएको हो ।
पीडित घरपरिवारलाई संघीय संसद हितबहादुर तामाङ, बागमती प्रदेशको उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र नुवाकोट जिल्ला सदस्य मिनबहादुर तामाङ, सुकुराम तामाङ, शिवपुरी अध्यक्ष बिरबहादुर तामाङ, यादब भण्डारी, तामाङ घेदुङ शिवपुरी अध्यक्ष रुपचन तामाङ लगायतको संयुक्त सहकार्यमा राहत सहयोग गरिएको हो ।
माओवादी केन्द्र शिवपुरीले ५ बाेरा चामाल, १ बाेरा दाल, १० लिटर तेल, १० किलाे नुन, सुकेकाे खुर्सानी, जिरा, धनियाँ १/१ किलाे, सिरक, डसना, तन्ना ५/५ थान, नुहाउने साबुन १० थान, लुगा धुने साबुन १ बाक्सा सहित नगद रु. १२,१००/ सहित आगोलागी पीडित परिवारलाई प्रदान गरेको हो ।
१६ चैत्र २०७७, सोमबार