आगामी बर्ष २०७८ मा हुने जनगणनामा प्रविधिको प्रयोग गरिने

तारकेश्वर १९, चैत । आगामी वर्ष २०७८ मा हुने नेपालको जनगणनामा केही नयाँ प्रश्नावली थप गर्न लागिएको छ ।

घरपरिवारको आर्थिक विवरण र सामुदायिक प्रश्नावलीलाई आगामी जनगणनामा थप गरिने छ ।

‘मेरो गणना स् मेरो सहभागिता’ भन्ने मुल नाराका साथ आगामी बर्षको जनगणना गर्ने लागिएको हो । नेपालमा असार ८ गतेलाई जनगणना दिवसका रूपमा मनाउने गरिएको छ ।

२०७८ मा हुने जनगणनामा ८० प्रश्न समावेश गर्न लागिएको छ । बुधबार राष्ट्रिय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले यस पटकको जनगणनामा स्थानीय तहको माग आपूर्ति गर्ने गरी तथ्याङ्क सङ्कलन गरिने बताए ।

 

श्रेष्ठका अनुसार आगामी जेठ २५ देखि असार ८ गतेसम्म जनगणनाको मुख्य काम हुने भएको छ । तथ्याङ्क विभागले जनगणनाका लागि आवश्यक कानुनी प्रावधान र अन्य सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको उनले बताए ।

 

२०७८ सालमा हुन लागेको १२औँ जनगणना सङ्घीय प्रणालीको पहिलो गणना हो । नेपालमा जनगणना सुरु भएको ११० बर्ष पुरा भइसकेको छ ।

१९ चैत्र २०७७, बिहीबार