अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति तारकेश्वर नगरपालिकाबाट पक्राउ

तारकेश्वर २०, चैत । अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ ।

ठगीको आरोपमा पक्राऊ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ८ बस्ने २३ वर्षीय अमित भुजेल रहेको प्रहरीले बताएको छ ।

भुजेललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २र२ वर्ष कामको लागि १०५ दिनमा अष्ट्रेलिया पठाइदिन्छु भनि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने भन्दै २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

पिडित व्यक्तिहरुले आफुहरुलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगि गरेको प्रहरीमा उजुरी दिएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले भुजेललाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

अपराधको विषयमा थप अनुसन्धानका लागि भुजेललाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी स्रोतले बताएको छ।