ल्याण्डफिल्ड साइटको अवरोध हट्यो, माग पुरा भएसँगै आजैबाट फोहोर उठ्ने
नुवाकोट २०, चैत । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावितबिच सहमति भएको छ ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि काठमाडौं महानगरपालिकाको फोहोर रोकेर सडकमा विरोध प्रदर्शन गरिरहेका थिए । शुक्रबार विहान महानगर र प्रभावित बिच भएको सहमती पछि आजैबाट अवरोध खुला गर्ने निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थमा राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
फोहोरमैला प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने र जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने लगायतका सहमतिपछि फोहोर विसर्जनको लागि हुँदै आएको अवरोध हटेको हो ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको महानगरको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा भएको सहमति भएको छ ।