आज मिति २०७७ साल चैत २२ गतेको राशिफल

आजको पंचांग
२०७७ साल चैत्र २२ गते आइतबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
चैत्र कृष्ण पक्ष सप्तमी बिहान ९:२३ बजेसम्म
नक्षत्र- मूल बिहान ७:३५ बजे सम्म त्यसपछि पू.षा.
योग-प बेलुका ०६:१० बजेसम्म
करण-बालव दिउसो १०:५७ बजेसम्म
चन्द्रमा- धनु राशि
तदनुसार अप्रिल ४ २०२१

आजको राशिफल

मेष:-लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। मन खिन्न रहन सक्छ । कल्पना र भावनामा रुमलिएला। बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

वृष:-कुनै कठिन निर्णय गर्दा ध्यान दिनु होला,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ। बादविवाद्को पनि योग देखिन्छ । थकानको महसुस होला ।

मिथुन:-मनमा उत्साहजनक विचार आउनाले हर्षित भइएला। मान–सम्मानको पनि योग देखिन्छ । परिवारमा भएको आन्तरिक समस्याको समाधान हुने देखिन्छ । सत्कार्यमा सफलता पाउन सकिनेछ ।

कर्कट:-कोशिश गर्दा लक्ष्य प्राप्तिको अबसर होला। प्रयासलाई जारी राख्नु पर्ने देखिन्छ । धन आर्जन हुने योग परेको छ । आफुले गर्दैआएको कामबाट फाइदा हुने समय छ। आफ्ना जन हरुले प्रशंसा गर्नेछन।

सिंह:-पठनपाठनम सफलता हासिल गर्न सकिनेछ । ब्यापारव्यावसाय बाट पनि सोचे झैं लाभ हुनेछ । नया कामको थालनी नगरेकै राम्रो । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा सफलता मिल्नेछ।

कन्या:-आवश्यक भन्दा धेरै बोल्ने बानीले झन्झटमा फसिएला होस पुर्याउनु होला । आर्थिक पक्षपनी सोछे अनुसार नहोला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा मनमा केहि पीडा होला ।

तुला:-आफ्ना प्रतिस्पर्धीहरूलाई पराजित गराउने योग छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पारिवारिक भ्रमण हुनसक्छ । हर्ष बढ्ने छ।

वृश्चिक:-आफन्तहरु संग सावधान रहनुपर्ने छ। असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । प्रगति का बाधक हरु प्रसस्त भेटिएलान। धनको हानी नोक्सानी बेहोर्नु पर्ला।

धनु:-रोकिएका केहि अधुरो काम सम्पन्न हुने छ । आर्थिक पक्ष पनि सुदृढ होला । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा मन जाने छ। मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ।

मकर:-मनमा नराम्रो बिचारले घर गर्नेछ। केही विवाद तथा झैझगडामा समेत परिने योग छ सावधान रहनु होला । शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ । घर परिवार मा समेत यसको असर देखिनेछ।

कुम्भ:-हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने योग रहेको छ।आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्यमा सफलता पाउनुक साथै पारिवारिक सुख मिल्ने छ।

मीन:-सवारी साधन चलाउदा निकै ध्यान दिनुपर्ने देखिन्छ। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

ज्योतिष पं दिवाकर भेटुवाल
९८४०६१०२३९