जीप दुर्घटना हुँदा दुईको मृत्यु,सातजना घाइते

तारकेश्वर २२, चैत । गोरखा जिल्लाको बारपाक सलिकोट गाउँपालिका वडा नं २ को राङरुङ भिरमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बारपाकबाट आउँदै गरेको ना ५ च ३२९८ नम्बरको को जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीय ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरीले बताएको छ ।

दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा गम्भिर घाइते भएका छन् ।

जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन ।