गैंडा गणकलाई आक्रमण गर्ने बाघ ललितपुर ल्याइयो

तारकेश्वर २४, चैत । गैँडा गणकलाई आक्रमण गर्ने बर्दिया राष्ट्रिय निकुञ्जको पाटे बाघलाई ललितपुर ल्याइएको छ।

निकुञ्जमा राख्ने खोर नपाएपछि ललितपुरको चिडियाखाना ल्याइएको हो।

गत आइतबार बाघको आक्रमणमा परेर गैँडा गन्न निकुञ्जमा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यू भएको थियो।

बाघलाई सोही दिन निकुञ्जले आफ्नो नियन्त्रणमा लिएको थियो।