आज मिति २०७७ साल चैत २९ गतेको राशिफल

आजको पंचांग

२०७७ साल चैत्र २९ गते आइतबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
चैत्र कृष्ण पक्ष चतुर्दशी बिहान ६:०५ सम्म
नक्षत्र- उ.भा. बिहान ९:६ सम्म त्यसपछि रेवती
योग-ऐन्द्र दिउसो ०२:०२ बजेसम्म
करण-शकुनी बिहान ६:१८ बजेसम्म
चन्द्रमा- मीन राशि
तदनुसार अप्रिल ११ २०२१

आजको राशिफल

मेष:-आज पारिवारिक सरसल्लाह बाट महत्त्वपूर्ण कामको थालनी हुनेछ। उच्च पदका ब्यक्ति हरुको सामीप्यताले काममा सफलता पाइने छ। कामकै शिलशिलामा लामो यात्रा गर्नुपर्ने देखिन्छ। स्वास्थमा ध्यान दिनुपर्ने छ ।

वृष:-आजको समय मध्यम खालको देखिन्छ।काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन।जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ ।मन खुसि रहनेछ ।

मिथुन:-प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

कर्कट:-अर्निणयको मनोदशाको फल स्वरूप हातमा आएको अवसर गुमाउन सक्नुहुन्छ। समझौता गर्ने वृत्ति राख्नुहुनेछ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि दिन अनुकुल दिन रहेको छ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।कुनै नयाँ कार्यको आरम्भ नगर्नुहोला।

सिंह:-मनको स्थिरता बनाईराख्नुहोला।अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

कन्या:-उत्साह तथा स्फूर्तिको कमी हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।

तुला:- आम्दानी बढ्नाले उत्साह जाग्नेछ। परिवारसँग विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको चिन्ता रहनेछ । धन तथा कीर्तिको हानि नहोस् यस कुराको ध्यान राख्नुहोला।

वृश्चिक:- सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु:-आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ।कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मकर:-आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

कुम्भ:- साथीहरू बाट सरसहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा मन जानेछ। सन्तान बाट पनि सुखद समाचार सुन्न पाउनुहुनेछ।लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

मीन:- शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

ज्योतिष पं दिवाकर भेटुवाल
९८४०६१०२३९