वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

तारकेश्वर ३१, चैत । मंगलबार वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मंगलबार विहान नारायणी अस्पतालमा मृत्यु भएको हो ।
एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएको पाइएको छ ।
बाराका एकजना कोरोना संक्रमितको पनि आजै बिहान ३ बजे नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको छ ।