वैशाखमा ११ मा प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्ने
तारकेश्वर ३१, चैत । २०७२ सालको भूकम्प ६ वर्ष पुगेको अवसरमा वैशाख ११ गते निर्माणाधीन धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भूकम्प गएको ६ वर्ष पुगेको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ ।
सङ्ग्रहालयलगायतका संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रूपमा धरहरालाई आगामी वैशाख ११ गते उद्घाटन गर्न लागिएको हो।
नयाँ धरहरा २२ तले बन्दै छ। अहिले सबै तलाको ढलान गरिसकिएको छ। ९५ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।