बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

तारकेश्वर ३, वैशाख । बसको ठक्करबाट सप्तरीमा शुक्रबार एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स १च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

आज बिहान ३ बजेतिर भएको दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर घर भएका ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी जानकारी दिएको छ ।

ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले बताएको छ ।