नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको इन्चार्जमा नवराज तिवारी र अध्यक्षमा गोपी कडेल चयन

नुवाकोट ७, वैशाख । नुवाकोट राष्ट्रिय उद्योग व्यावसाय महासंघको इन्चार्जमा नवराज तिवारी र अध्यक्षमा गोपी कडेल चयन भएका छन ।

ललितपुरको तुलसी लाल अमात्य स्मृती प्रतिष्ठानमा नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न बागमती प्रदेश स्तरीय भेलाले नुवाकोटमा पदाधिकारीहरु चयन गरेको हो ।

साथै आजको भेलाले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको उपाध्यक्षमा लिला तामाङ र सचिवमा दिपक राज पाण्डेलाई चयन गरेको छ ।

आजको प्रदेश भेलाले जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र सचिव मनोनित गरेको भएतापनि बाँकी पदाधिकारीहरु जिल्लाको भेलाबाट नै मनोनित गरिने महासंघले जनाएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला स्थित महासंघमा ५१ जनासम्म सदस्य संख्या हुनसक्ने प्रावधान रहेको छ।

६ बैशाख २०७८, सोमबार