आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइँदै

तारकेश्वर ७, चैत । आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइँदै छ ।
चैते दशैं पर्वको अवसरमा आज मुलुकको विभिन्न स्थानमा रहेको शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल छ ।
चैते दशैं पर्वको अवसरमा आज मुलुकभर जस्तै नुवाकोट, रसुवा, धादिङ जिल्लामा रहेका भगवतीको मन्दिरहरुमा भक्तजनहरुले पूजापाठ गरी तथा पशुबलि चढाएर पूजा गरी हिउँदे दशै पर्व मनाउदै छन् ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिएको छ ।
दशै लगायत देवीपूजाको लागी महत्वपूर्ण पर्वहरुमा शक्ति उपासना गर्नाले आसुरी वृतिमाथि विजय प्राप्त गरी सत्य र न्यायको स्थापनामा बल पुग्ने हिन्दु धर्मालम्वीहरुको महान ग्रन्थ गरुण पुराणमा उल्लेख गरिएको छ ।
एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशैँ मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।