नागार्जुन नगरपालिकाले सञ्चालनमा ल्यायो एम्बुलेन्स र शबबहान सेवा

तारकेश्वर ७, वैशाख । काठमाडौंको नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ ।

संभावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स र शबबहान खरिद गरी सञ्चालन गरेको हो ।

दैनिक बढ्दै गएको कोरोना लगायत अन्य कुनै पनि रोगबाट अस्पतालसम्म पुग्न समस्या नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स तथा शबबहान सञ्चालनमा ल्याएको नागार्जुन नगरपालिकाले जनाएको छ । मंगलवार नगर प्रमुख मोहनबहादुर बस्नेतले एम्बुलेन्स र शब बहानको विधि पुर्वक पूजा गरी सञ्चालनमा आएको घोषणा गर्नुभयो ।

शबबहान र एम्बुलेन्स सेवा लिनका लागि नगरपालिकाको स्वास्थ्य शाखा, एम्बुलेन्स वा शब बहान चालक, वडाध्यक्ष लगायतसँग सम्पर्क गरी सेवा लिन सकिनेछ । उक्त एम्बुलेन्स तथा शव वाहन २४ अ‍ै घण्टा उपलब्ध हुने नगरपालिकाले जनाएको छ । एम्बुलेन्स तथा शव वाहन सेवा सम्पर्क नम्बर ९८६१७७६३७५ ९८६१७७६६८४ रहेको छ ।