नेकपा एमाले लिखु गाउँपालिकाले गर्यो पार्टी कार्यालय उद्घाटन

नुवाकोट ११, वैशाख । पन्ध्रौं लोकतन्त्र दिवसको अवसरमा शनिबार नेकपा एमाले लिखु गाउँपालिका कमिटीले पार्टी कार्यालय उद्घाटन गरेका छ ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा संघिय संसद नारायण खतिवडाको प्रमुख आतिथ्यता तथा नेकपा एमाले लिखु गाउँपालिका संयोजक सुमन पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य अच्युतराज पाण्डे, नेकपा एमाले शहरी विकास केन्दीय सदस्य तथा नेकपा एमाले जिल्ला नेता पुर्णलाल श्रेष्ठ, एमाले जिल्ला नेताहरु पदम उप्रेती, बासु कडुवाल , नेकपा एमाले प्रदेश कमिटी सदस्य सुर्य कडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल सुनचाँदी कला व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष केशर सेन्चुरी, नेकपा एमाले लिखुका युवा नेता जगदिश पाठक , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य महेश्वर पाण्डे, ईव कुमार ढकाल, रामबहादुर ओझा, हरि ढकाल लागाएतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

साथै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उत्तम श्रेष्ठ , युवा संघ नेपालका केन्द्रीय सदस्यद्वय रामशरण थापा र दिपेश चित्रकार , अनेरास्ववियु केन्द्रिय सदस्य राजन ढकाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट सदस्य हरि भेटवाल लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष खतिवडाले कम्युनिष्ट पार्टीको विभाजन हुनुमा केपी ओली नै मुख्य जिम्मेवार रहेको बताए । 

कार्यक्रममा संसद खतिवडाले ओली तिर सङ्केत गर्दै नेपाल जस्तो विकासोन्मुख देशमा अवसरवादी मान्छेहरु स्वेच्छाचारी निरङकुश सत्ता सन्चालनको आशामा मात्र रहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले एमालेमा केपी ओली अध्यक्ष रहुन्जेल नेकपा एमाले नुवाकोटमा पनि नारायण खतिवडा नै अध्यक्ष हुने बताइएका थिए ।

नुवाकोटमा नारायण खतिवडा अध्यक्ष रहेको एमाले नै आधिकारीक एमाले रहेको लिखु गाउँपालिका वडा नं १ का नेता ईव कुमार ढकालले बताए ।

१२ बैशाख २०७८, आईतवार