कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्दैनौं : मन्त्री ज्ञवाली

तारकेश्वर १२, वैशाख । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताउनुभएको हो ।

लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान भने नभएको मन्त्री ज्ञवालीलेबताए ।

‘मन्त्री ज्ञवालीले भन्नुहुन्छ’ -“अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ , कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने उहाँले जानकारी दिनुभयो ।

एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड नियन्त्रणका कार्यमा खटिन निर्देशन दिएको समेत बताए ।