नुवाकोटमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
नुवाकोट १३, वैशाख । नुवाकोटमा कोरोना संक्रमीत एक महिलाको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का ७५ वर्षिया महिला रहेको जनस्वास्थ्य कार्यलय नुवाकोटका सुचना अधिकृत उत्तम खनालले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।
बिरामी भएर स्वास्थ्य परीक्षण गर्न अस्पताल आएकी ती महिलामा कोरोनाको जस्तै लक्ष्यण देखिएकोले पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको खनालले बताए ।
वैशाख ४ गते देखि त्रिशुली अस्पतालको वार्डमा रखेर उपचार भइरहेको भएतापनि केहि दिन देखि उनलाइ आई सि युमा सारिएको थियो ।
त्रिशुली अस्पतालको आइसीयुमा रहेकी ती महिलाको सोमबार विहान करिब साँढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्य कार्यलय नुवाकोटले बताएको छ ।
सोमबार एक महिलाको मृत्यु भएसँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
१३ बैशाख २०७८, सोमबार