त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

तारकेश्वर १४, वैशाख । सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ ।

सरकारले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउने र विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाउने निर्णय गरेको हो ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको हो ।

यो नियम १५ वैशाखबाट अर्को सुचना नगरुन्जेल सम्मलाई लागु हुने विभागका निर्देशक झंकनाथ ढकालले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।