खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण
तारकेश्वर १७, वैशाख । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको हो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेका छन ।
चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि मन्त्री थापासहित उहाँको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।