नुवाकोटमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण
नुवाकोट १९, वैशाख । नुवाकोटमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा गरिएको परिक्षणमा सबै भन्दा बढी विदुर नगरपालिकामा ३२ जनामा कोरोना भाईरस पोजेटिभ भएको छ ।
त्यस्तै बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकामा ४/४ जनामा कोरोना भाईरस कोभिड-१९ पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
साथै शिवपुरीमा २ जना किस्पाङ , दुप्चेश्वर र ककनीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस सँगै नुवाकोटमा जिम्मा संक्रमितको संख्या १३ सय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ जनाको एन्टीजिन परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ भने १३ जनामा रिपोर्ट नेगेटिभ आएको छ।
१९ बैशाख २०७८, आईतवार