नुवाकोटमा २१ गतेबाट निषेधाज्ञा

नुवाकोट १९, वैशाख ।  नुवाकोटमा बैशाख २१ गते बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैठकले नुवाकोमा एक साताकाे लागि निषेधाज्ञाको निर्णय गरेको छ ।

देशव्यापी रूपमा फैलिरहेको दोस्रो भेरियन्टको कोरोना भाइरस कोभिड-१९ को संक्रमण नुवाकोटमा पनि बढ्दै गएकोले संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सङ्कट व्यावस्थापन केन्द्र (डिसिसिएमसी) नुवाकोटको सिफारीसमा जिल्ला प्रसासन कार्यालय नुवाकोटले वैशाख २७ गतेसम्म लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले तारकेश्वर अनलाइनलाई जानकारी दिए ‌

नुवाकोटमा निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको छ ।

आइतबार जारी भएको निषेधाज्ञाको निर्णयमा मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको छ ।

सार्वजनिक एंव निजि सवारी साधन एम्बुलेन्स, खानेपानि, स्वास्थ्य, संचारमाध्यम, बैँक तथा बित्तिय संस्था, दुरसंचार,विद्युत, फोहोरमैला व्यवस्थापन लगायतका सवारी साधन विषय उल्लेख गरि परिचयपत्र बोकेर संचालन गर्ने पाईने छ ।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, मास्क, स्यानिटाईजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने संचारमाध्यमार्फत कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गर्ने निर्णय भएको छ ।

गत शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र विपद् ब्यावस्थापन समितिको बैठकले तत्काल लकडाउन वा निषेधाज्ञा नलगाउने निर्णय गरेपनी नुवाकोट जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकोले आइतबार १ साताको लागि निषेधाज्ञाको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दुलालले बताए ।

१९ बैशाख २०७८, आईतवार