नुवाकोटमा निषेधाज्ञाको पहिलो दिनमै यस्तो कडाई ( फोटोफिचर)

नुवाकोट , २१ वैशाख । कोरोना भाइरस कोभिड-१९ को संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि नुवाकोटमा आजबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

आज २१ गते मंगलबारदेखि २७ गते राति १२ बजेसम्म लागुहुने गरि पहिलो चरणमा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले जानकारी दिए ।

निषेधाज्ञाको पहिलो दिन आज नुवाकोटको सदरमुकाम विदुरमा कडाइ गरिएको छ ।

अत्यावश्यक काम बाहेक अरु काममा सवारी साधन चलाउन र मानिसहरुलाई हिँडनमा कडाइ गरेको छ ।