आजदेखि नुवाकोट सहित ४५ जिल्लामा निषेधाज्ञा

तारकेश्वर २१, वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञाको दायरा पनि बढाइएको छ ।
आजदेखि थप नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व गरि सात वटा जिल्लामा निषेधाज्ञा थपिएसगैं ४५ जिल्लामा निषेधाज्ञा लागु भएको छ ।
गृह मन्त्रालयका अनुसार वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने उल्लेख भएअनुसार यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको उल्लेख छ ।
काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने बताइएको छ ।
सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन हुने क्रम पनि नरोकिएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको छ ।