पत्रकार महासंघ उपत्यका प्रदेशको कोभिड राहत कोषमा रकम जम्मा हुन थाल्यो

काठमाडौ वैशाख २३ नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ ।
कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय गर्न सो राहत कोष बनाइएको थियो ।
कोषमा हालसम्म रु १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषमा अध्यक्ष श्रीजन झाले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महसचिब टेनिस रोकाले ५ हजार सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गर्नुभएको छ । कोषाध्यक्ष तथा कोषका संयोजक पन्तले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै कार्यसमिती सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गर्नुभएको छ ।
यसैगरी कोषमा काठमाडौ अध्यक्ष सूर्य सुवेदीले १० हजार र केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार रुपैयाँका साथै काठमाडौ कार्यसमिति सदस्य शैलेश डगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक अर्जुन पन्तले बताउनु भयो ।
महामारीमा फ्रन्टलाइनमा रहेर कार्यसम्पदन गर्ने पत्रकारहरुको हकमा राज्यले कुनै पनि कार्यक्रम दिन सकेको नसकेकाले संस्थाको तर्फबाट यो पहल थालिएको बताउँदै उहाँले यो अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।