नुवाकोटको विदुर नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गर्दै

काठमाडौ  नुवाकोटको विदुर नगरपालिकाले काेभिड-१९ वाट संक्रमित विरामिहरुका लागि  बट्टारकाे कवर्ड हलमा ५० बेडकाे आईसाेलेसनकाे लागि तयारी गरिदै छ।विश्वव्यापी महामारीकाे रुपमा फैलिदै गरेकाे काेराेना भाईरसका कारण विरामि वढ्दै जाने स्थितिमा अस्पतालमा वेडकाे अभाव हुनसक्ने सम्भावनालाई मध्ये नजर गर्दै नगरपालिकाले तयारि स्वरुप हाललाई ५० बेडकाे आईसाेलेसन कक्ष तयारी रुपमा राख्न लागिएकाे विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताए।

नगर प्रमुख पण्डितका अनुसार तिव्र गतिले फैलिदै गईरहेक महामारीलाई नियन्त्रण गर्न कवर्ड हलमा विदुर नगरपालिकाका कोभिड-१९ बाट संक्रमित विरामीहरुको उपचारको लागि सहज वातावरण सिर्जना हाेसभन्ने उदेश्यले आईसाेलेसन कक्ष तयारी गरिएकाे उहाँले बताए
विरामी राख्ने आईसाेलेसन कक्षमा पानी, बत्ती,टेलिभिजन, ईन्टरनेट ,पत्रपत्रिका,शौचालय लगायतका आधारभूत आवश्यकताको व्यवस्थापन गराई तत्काल तयार गर्नुका साथै कार्यलयकाे स्वास्थ शाखाकाे मातहतका कर्मचारीहरु लाई समेत खटाउने विदुर नगरपालिकाका प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी दिय।