पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।
प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ । संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ ।