मोरङ र कैलालीमा थप १३ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ वैशाख । नोवेल अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते भर्ना भएको तर उपचारकै क्रममा मृत्यु भएको अस्पताललेजनाएको छ ।

यस्तै, नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति नोवेल अस्पतालमा मृत्यु भएको हो ।

कैलालीका विभिन्न अस्पतालमा शनिबार राती ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।संक्रमित र मृत्युदर उल्लेख्य रहेको कैलालीमा शनिबार साँझ पौने ८ बजेदेखि साढे ११ बजेको बीचमा ६ जनाले ज्यान गुमाएका हुन् ।

साँझ पौने ८ मा मा कन्चनपुरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही समयमा टिकापुरमा ५० बर्षका पुरुषको मृत्यु भयो । उनलाई शनिबारै संक्रमण पुष्टि भएको थियो । ८ बजेर ५६ मिनेटमा धनगढीमा धनगढीकै ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । उनलाई पनि शनिबारनै संक्रमण पुष्टि भएको थियो ।

१७ गते संक्रमण पुष्टि भएका कैलाली लम्कि चुहाका २३ वर्षका युवकको राती पौने १० मा मृत्यु भयो । उनको निजी अस्पतालमा उपचार भइरहेको थियो ।

२५ गते संक्रमण पुष्टि भएका टिकापुरका ५० वर्षका पुरुषको राती सवा १ण् बनजे मा मृत्यु भएको हो । राती साढे ११ मा धनगढीकी ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई पनि शनिबार नै संक्रमण पुष्टि भएको थियो ।