पछिल्लो २४ घण्टामा थप ९३०५ मा कोरोना संक्रमण, १६८ जनाको मृत्यु

काठमाडौं, २९ वैशाख । नेपालमा फेरि कोरोना संक्रमणको दैनिक दर ९ हजार नाघेको छ ।

गत २४ घन्टामा नेपालमा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ७ सय ८६ कोरोना परीक्षण गरिएको छ । जसमा २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टीेजेन परीक्षण गर्दा ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

देशभर थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ४ हजार ४ सय ४४ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमितभएकामध्ये निको हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ ।

यो दर कुल संक्रमितको ७४ दशमलव ९ प्रतिशत रहेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ९४ हजार ३ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार २ सय ९१ रहेको छ ।